भूकम्प प्रभावितको सहयोगार्थ आज (जेठ १ ) राजधानीको टुडिखेलमा ‘अमरपन्क्षी’ नामक कार्यक्रम सम्पन भएको छ । नेपाल सैनिक श्रीमती संघले आयोजना गरेको यो कार्यक्रममा नेपाली कलाकारको साथमा बलिउडका दुई चर्चित नायिकाहरु सोनाक्क्षी सिन्हा र आइटम डान्सर मलाईका अरोरा खानले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।
हिन्दी हिट नम्बरमा आफ्नो नित्य देखाएका सोनाक्क्षी सिन्हा र मलाईका अरोरा खानलाई हेर्न टुडिखेलमा ५० हजार भन्दा बढी ब्याक्तीहरुको सहभागीता रहेको थियो । यस्तै आफ्नो नित्य देखाए संगै सोनाक्क्षीले आफुलाई नेपाल प्रस्तुती दिदा निकै रमाइलो भएको र आगामी दिनमा फेरी नेपाल आउने बताइन् ।
पहिलो पटक नेपाल आएका यी दुई बलिउड कलाकारको प्रतुतीमा दर्शकहरु निकै झुमेका थिए ।बलिउडका थुप्रै हिट आइटम नम्बरमा नित्य गरीसकेकी मलाईकाले आफु अभिनीत गीत अनारकली डिस्को चली , फेबिकल से , मुन्नी बदनाम , लगायतका अन्य गीतहरुमा आफ्नो प्रतुती दीएकी थिइन् । यस्तै उनले कार्यक्रमको अन्त्यमा नेपाली दर्शक यति धेरै माया र साथ् दिएकोमा धन्यवाद व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा नेपालबाट रेखा थापा, निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, सुस्मा कार्की, ईन्दिरा जोशीको प्रस्तुतीमा दर्शक हरुले निकै उत्साहा देखाएका थिए । यता पहिलो पटक स्टेजमा नृत्य प्रस्तुत गरेकी नायिका रेखा थापाको डाइलक सहितको नित्यमा उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए । करिब ६ बजेबाट सुरु भएको यो कार्यक्रममा नेपाली कलाकारको नित्यलाई कोरियोग्राकी रेनशा वान्तवा राईले गरेकी थिइन् ।
तस्बिर : बिनोद पोखरेल