गुनगुनको छायांकन सुरु,  संचिता संगै देखिदै रबिन 


यतिबेला अभिनेत्री संचिता लुइँटेल, नयाँ चलचित्र ‘गुनगुन’को छायांकनमा व्यस्त रहेकी छन्। उनि संगै यो चलचित्रमा रबिन हुड समेत मुख्य भुमीकामा देखिदैछन्। केही पहिले सिक्स प्याक बनाएर चर्चामा आएका रबिनले दुई चलचित्र ‘हिम्मतवाली’ र ‘भैरब’ मा अभिनय गरेका थिए। नित्य र फाइटमा अब्बल रबिन लामो समय देखि यो चलचित्रको लागि तयारी गरिरहेका थिए।

Untitled-1

अभिनेत्री संचिता लुइँटेल हालै ‘राधा’ नामक चलचित्रमा नायक जीवन लुइँटेलको जोडीको रुपमा देखिएकी थिइन्। राधा को छायांकन भर्खरै मात्र सकिएको छ। माझी समुदायको कथामा निर्माण हुदै गरेको चलचित्र ‘गुनगुन’लाई टेलिचलचित्र निर्देशक पुकार भट्टराईले निर्देशन गरिरहेका छन्। सम्पूर्ण छायाँकन राजधानी मा नै हुने यो चलचित्रमा संचिता र रविन संगै सुवाच मेचे, नविन श्रेष्ठ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ।

SUBSCRIBE 👉