नाम मात्रको एक्सन आइटम डान्स


Priyanka-Karki-and-Hema-Shresthaग्ल्यामर नेपाल, काठमाडौँ। करिब चार महिना अघि चलचित्र ‘हँसिया’ युनिटले एक्सन आइटम गीत सुटिङ् गरिएको बारे एउटा प्रेस विज्ञप्ति रंग पत्रकारहरूलाई मेल गरेको थियो। रिनाशा राईले हेमा श्रेष्ठ र प्रियंका कार्कीलाई नचाएको उक्त गीतको सेट निर्माणमै १४ लाख रुपियाँ खर्च गरिएको निर्माण पक्षको दाबी थियो। यति धेरै पैसा खर्च गरेर एक्सन आइटम गीत सुटिङ् भएको निर्माण पक्षले नै जानकारी दिएपछि चर्चा हुने भइहाल्यो। नेपालमा एक्सन आइटम नभएकाले पनि यो गीत निकै प्रतीक्षित बनेको थियो। तर, केहि दिन अघि गीत रिलिज भएपछि भने यो त केवल निःशुल्क पब्लिसिटी गर्ने फन्डा भएको प्रस्ट भएको छ। किनकि, भिडियोमा निर्माण पक्षले दाबी गरेजस्तो कुनै एक्सन सिक्वेन्स देखिएको छैन। ‘हातमा आजको रात…’ बोलको गीतमा हेमा र प्रियंकाको सामान्य नृत्य मात्र देख्न सकिन्छ। रिलिजअगाडि नै यसरी छक्याएपछि, आगामी ९ जेठमा चलचित्र रिलिज हुँदा कस्तो प्रभाव पर्ला ? निर्माण युनिटले समयमा नै विचार गरे कसो होला ???

लौ भिडियो पनि हेर्नुहोस – दुध को दुध र पानीको पानी भै हाल्छ 🙂
Haatma Aja Ko Raatma… | Nepali Movie ‘Hasiya’ Item Song
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉