छविराज, करिश्मा र नरेशलाई छायाँछवि सम्मान र पुरस्कार


आगामी शनिबार पोखराको ग्रान्ड होटलमा आठौ डि सिने अवार्ड -०७३ को आयोजना हुँदै छ। विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिन लागेको यो कार्यक्रममा विभिन्न बत्तिस विधामा अवार्ड दिइने भएको छ।

chhabiraj-karishma-naresh

यो अवार्ड कार्यक्रममा विगत २५ वर्ष देखि नेपाली चलचित्र उद्योगमा क्रियाशील दुई चलचित्रकर्मी छबिराज ओझा र नायिका करिस्मा मानन्धरलाई छायाँ छवि चलचित्रकर्मी रजत सम्मान र दुई दशकदेखि पत्रकारितामा क्रियाशील व्यक्तित्व पत्रकार नरेश भट्टराई लाई नगद रु ७७७७/- सहित छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

आठौ संस्करण सम्म आइपुग्दा यो अवार्डमा नेपाल टुरीर्जम बोर्ड, नेपाल टेलिकम, चलचित्र बिकाश बोर्ड, नेपाल आईस जस्ता संघ संस्थाहरुले सहकार्य गरेका छन्। आठौ डि सिने अवार्डलाई भव्य रुपले सम्पन्न गर्न सम्पुर्ण तयारी पुरा गरिएको आयोजक संस्था छायाँ छविका अध्यक्ष शान्ति प्रियले बताएका छन्।

SUBSCRIBE 👉