‘वीर विक्रम’ नायिका तथा निर्देशकलाई उपराष्ट्रपतिको बधाई तथा शुभकामना


चलचित्रको प्रचार प्रसारको लागि नेपाल आएकी नेपाली चलचित्र ‘वीर विक्रम’की नायिका दियालाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन्। विहीबार दिउँसो उपराष्ट्रपतिको कार्यालय, कान्तिपथमा आयोजित भेटघाट कार्यक्रममा नायिका दिया र निर्देशक मिलन चाम्सलाई उपराष्ट्रपति पुनले बधाई तथा शुभकामना दिएका हुन्।

Bir-Bikram-Miln-Chams-Deeya-Pun

उपराष्ट्रपति पुनले चलचित्र ‘वीरविक्रम’को प्रिमियर शोमा आफू आउने प्रतिवद्धता समेत व्यक्त गरे। उनले भने, ‘ नेपाली चलचित्र वीरविक्रम राम्रो भएकोमा विश्वस्त छु। यो फिल्मको प्रिमियर शो मा मेरो उपस्थिति हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’ उनले दिया र दयाहाङ्ग को अभिनय हेर्न आफु ईच्छुक भएको समेत बताए।

भेट्टघाट कार्यक्रममा नायिका दिया, निर्देशक मिलन चाम्स संगै विदेश वितरण प्रमुख एवं ग्रिष्मा इन्टरटेनमेन्टका प्रमुख गृहेन्द्र घिमिरे लगायतका सदश्यहरु उपस्थित थिए।

SUBSCRIBE 👉