निश्चलको आर्मी र दयाको प्रहरी लुक्स । हेर्नुहोस् ‘झुम्की’ ट्रेलर


नेपाली चलचित्र ‘झुम्की’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरुलाई देखाईएको छ। निश्चल बस्नेतलाई आर्मीको भूमिकामा हेर्न सकिन्छ। नायक दयाहाङ राइ भने प्रहरीको भूमिकामा देखिएका छन्।

Jhumkee Nepali Movie Nischal Daya

अपिल बिष्टले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा शिर्ष भूमिकामा मलिना जोशीलाई देखाइएको छ। मनोज आरसी पनि चलचित्रमा मुख्य भूमिकामा छन्। मनोज र रीश्माको वरिपरी चलचित्र घुमेको ट्रेलरबाट वुझ्न सकिन्छ।

यो चलचित्रको कथा रामबाबु गुरुङले लेखेका हुन्। चलचित्रमा काली प्रसाद बासकोटाको संगीत सुन्न सकिन्छ। अपिल विष्ट फिल्म्स र सिने आट्सले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन्। भदौ १० गते रिलिज गरिने भनिएको यो चलचित्र रिलिज मिति पोष्टपोन्ड भएर अब असोज ७ गते रिलिज हुने भएको हो।

चलचित्र ‘झुम्की’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

चलचित्रका केहि तस्विरहरु हेर्नुहोस्

SUBSCRIBE 👉