रेखाले देश र जनताको लागि जे पनि गर्ने (भिडियोसहित)


rekha-thapaग्ल्यामर नेपाल, काठमाडौं । कमलकृष्ण निर्देशित फिल्म ‘दमदार’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबबाट सार्वजनिक गरिएको ट्रेलरमा फिल्मकी मुख्य नायिका रेखा थापालाई निकै हाइलाइट गरिएको छ। उनले बोलेका संवाद र एक्सन सिक्वेन्सलाई प्राथमिकतामा राखिएको छ। रेखाका अलवा नायक सविन श्रेष्ठ, कमलकृष्ण तथा निर्माता सुमन विष्टलाई पनि ट्रेलरमा देख्न सकिन्छ। अर्चना देलालले लोभलाग्दो आइटम डान्स गरेको ‘जीकज्याक’ जवानी बोलको गीत पनि ट्रेलरमा समावेश गरिएको छ।

kamal-krishna-directorवैशाख २६ गते रिलिज डेट तोकिएको ‘दमदार’मा नेपाल प्रहरी भित्र घट्ने घटनालाई मुख्य विषयवस्तु बनाइएको छ। चन्द्र प्रसाद गौतम कार्यकारी निर्माता रहेको फिल्मा रोशन श्रेष्ठको नृत्य, चन्द्र पन्तको एक्सन, सौरभ लामाको छायांकन, श्रीराम महतको सम्पादन रहेको छ। चलचित्रको छायांकन काठमाडौंसहित झापा र सिलुगुडीमा पनि गरिएको छ। रेखाको स्टारडमको कारण फिल्म हिट हुनेमा निर्देशक कमलकृष्ण ढुक्क देखिएका छन्। रेखालाई फिल्ममा प्रहरीको भूमिकामा देख्न सकिन्छ। उनले पुलिसको भूमिका निर्वाह गरेको पछिल्लो फिल्म ‘काली’ सुपरहिट भएको थियो।

Watch Nepali Movie Trailer !damdaar-video-image

SUBSCRIBE 👉