‘लुट २’ मा एस्तो देखिन्छन हाकु-काले! – बाहिरियो तस्विरहरु


छायाँकन भईरहेको चलचित्र ‘लुट २’ को केहि तस्विरहरु बाहिरिएका छन्। तस्विरहरुमा फिल्म शूटिंग युनिट सहित चलचित्रमा हाकु कालेको लुक्स (गेटअप) प्रस्ट देखिन्छ।

Loot-2-Saugat-Malla-Looks

बाहिरिएका तस्विरहरु मध्य एक तस्विरमा निर्देशक निश्चल बस्नेत पनि देखिएका छन्। तस्विरहरु हेर्दा चलचित्रका पात्रहरु कुनै गन्तब्य तिर जान लागेको जस्तो देखिन्छ।

Loot-2-Saugat-Malla-Looks-2

अभिनेत्री सिर्जना सुब्बाले यी तस्विरहरु आफ्नो फेसबुक प्रोफाइल पेज मा पोस्ट गरेकी हुन्। यो चलचित्रमा उनि पुतली नाम कि पात्रको भूमिकामा छिन्।

फागुन १३ गतेदेखि प्रदर्शनमा आउने ‘लुट २’ मा सौगात र सिर्जना सँगै, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, विपिन कार्की, प्रविण खतिवडा, सुशिलराज पाण्डे र प्रदीपराज न्यौपानेको अभिनय रहेको छ।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉