चलचित्र ‘गाँठो’को करिब २ मिनेट लामो ट्रेलर रिलिज गरेको छ। यस अधि सार्वजनिक गीत तथा टिजरबाट चर्चा कमाईरहेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक गरेको हो। सुरज भुषाल निर्देशित चलचित्र गाँठोले सम्वन्धको कथा बोकेको छ। चलचित्रमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय छ।
चलचित्र “गाँठो” को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
निर्देशक भुषालले यस अघि ‘मौन’ तथा ‘होस्टेल रिर्टन्स’ निर्देशन गरिसकेका छन्। बट-वाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र सुरज भुषालले लगानी गरेका छन्। चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ।
पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन्। चलचित्र भाद्र ३१ गतेदेखि नेपालभर प्रदर्शन हुदैछ।













