‘वीर बिक्रम’ हेर्न दर्शकहरुको धुइरो – सम्पूर्ण सिनेमा भवनहरु हाउस फुल


तोकिएको प्रदर्शन मिति भन्दा १ दिन अगाडी नै प्रदर्शनमा आयो प्रतिक्षित चलचित्र ‘वीर विक्रम’। यो चलचित्र भदौ ३ गते बाट अल नेपाल रिलिज हुने भनिए पनि भदौ २ गते नै रिलिज भएको हो। तोकिएको मिति भन्दा १ दिन अघि नै रिलिज हुँदा समेत सम्पूर्ण हलहरु हाउस फुल बन्यो। दर्शकहरुको अत्याधिक चापका कारण मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरुले चलचित्रको शो समय बढाउन थालेको बुझिन आएको छ।

Bir-Bikram-Milan-Chams-Films

शुक्रबारबाट भने यो चलचित्र उपत्यका बाहिर समेत रिलिज भएको छ। शुक्रबार ‘वीर विक्रम’ रिलिज भएका सम्पूर्ण हलहरुका सबै सो हाउसफूल भएको जानकारी चलचित्रका निर्देशक मिलन चाम्सले दिएका छन्। रमाइलो कुरा त के हो भने – दर्शकहरुको अत्यधिक चापका कारण निर्माता / निर्देशक मिलन चाम्स आफैले समेत टिकट नपाएको बताए। 🙂

bir-bikram-house-full

गत बुधबार यो चलचित्रले बाजा गाजा सहित रेड कार्पेट प्रिमिएर सो को आयोजना गरेको थियो। प्रिमिएर सोमा समेत उपस्थित केहि पाहुनाहरु सिनेमा हलका सिटहरु प्याक भए पछि भुईमा नै बसेर चलचित्र हेरे।

सम सामयिक बिषय बस्तु, साथी साथी विचको आत्मीय सम्बन्ध, स्वच्छ प्रेम कथामा बनेको यो चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन, विवेक लिम्बु, शिशिर राना, बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ।

SUBSCRIBE 👉