हिडन कला-कर्मीलाइ सम्मान गर्दै एलजी फिल्म एवार्डको घोषणा


सिनेमा सर्कल नेपालले “एलजी फिल्म अवार्ड”को औपचारिक घोषणा गरेको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड आयोजक संस्था सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डीसीले अवार्डबारे जानकारी गराए।

LG-Film-Award-2016

एलजी फिल्म अवार्ड, हाल भईरहेका फिल्म अवार्ड भन्दा अलि भिन्न देखिएको छ। यो अवार्डले नेपाली चलचित्र क्षेत्रमा पर्दा पछाडि रहेर काम गर्ने चलचित्रकर्मी तथा प्राबिधिकहरुलाई विशेष प्राथमिकता दीएको छ। एवार्डमा लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित २२ विधामा अवार्ड दिइने बताईएको छ।

Dinesh-DC-LG-Film-Award-2016

अन्य फिल्म अवार्ड भन्दा भिन्न विधा समिटिएको यो अवार्डमा चलचित्रको पोस्टर डिजाइनर, ट्रेलर/ प्रोमो सम्पादक, स्टन्ट म्यान, एनिमेटर जस्ता पर्दा पछाडी बसेर काम गर्ने प्राबिधिकहरुको कामको कदर गरिनेछ।

भदौ २२ गते आर्मी अफिसर्स क्लबमा भव्यताका साथ आयोजना हुने यो अवार्ड कार्यक्रममा भारतीय चर्चित कलाकार शत्रुघन सिन्हा सहित जापानी निर्देशक मात्सुबयासी हिरोयुकीको समेत उपस्थित हुने बताईएको छ।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉