सालिनदी मन्दिरमा बाजागाजा सहित रेखा थापाको जन्मदिन सेलिब्रेसन (भिडियो)


अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नो जन्मदिन साँखुस्थित सालिनदी मन्दिरमा बाजागाजा सहित मनाएकी छिन्। नेपाली मिति अनुसार उनको जन्मदिन भदौ ५ गते हो। तर उनले आफ्नो कतिऔ जन्मदिन भने खुलाउन चाहिनन्। विकिपिडियाका अनुसार उनको जन्म १९८२ मा भएको हो। उनले यस अघि आफ्नो जन्मदिन अनाथाश्रम तथा वृद्धआश्रममा मनाउदै आएकी थिइन्।

Actress Rekha Thapa

आईतबार दिउँसो रेखा थापा आफ्नी आमा र आफु नजिक केहि फिल्मकर्मी तथा सञ्चारकर्मीका साथ सालिनदी पुगेकी थिईन्। सालिनदी मन्दिरमा नै रेखाले जन्मदिन-केक पनि काटिन। रेखाले स्थानिय वासिन्दाहरुलाई भोजन समेत गराईन। यसअघि रेखाले ४ लाख खर्चेर मन्दिरमा रंगरोगन समेत गराएको बताईन।

उनले जन्मदिनको अवसरमा तीन दृष्टी विहिन युवाहरुलाई २५ हजार रुपैया नगद समेत सहयोग गरिन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉