ब्युटिसियनको तीज कार्यक्रममा कलाकर्मी सम्मानित


ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको पुर्व सन्ध्यामा माइती मेला तथा तीज दर कार्यक्रम आयोजना गरी कलाकारलाई सम्मान गरेको छ। बरिष्ठ कलाकार बसुन्धरा भुषाल, पुर्व मिस नेपाल उषा खड्गी, बरिष्ठ ब्युटिसियन चिनु गुरुङ सो अवसरमा सम्मानित भएका हुन्।

Teej-Festival

यसैगरी आदर्श जोडीका रुपमा निर्देशक तथा पत्रकार सुव्रत आचार्य र कलाकार जया शर्मालाई सम्मानित गरिएको छ। कार्यक्रममा उदाहरणीय नृत्यंगनाको रुपमा रोमा न्यौपानेलाई १० हजार एक सय नगदसहित सम्मान गरियो। सम्मानित व्यक्तित्वहरुलाई सांसद मदनबहादुर अमात्यले सम्मानपत्र प्रदान गर्नुभयो।

ललित ब्युटिसियन सहकारी संस्थाले प्रत्येक वर्ष कला र अन्य क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा बोल्दै सांसद मदन बहादुर अमात्यले नारी शक्तिले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

त्यसैक्रममा यो वर्ष पनि सम्मान गरिएको र यसले विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको हौसला बढ्ने संस्थाकी अध्यक्ष मिना रिमाल न्यौपानेले बताउनुभयो।

कार्यक्रममा हास्यकलाकार किरण केसी, दिपाश्री निरौला, यमन श्रेष्ठ, कुन्जना घिमिरे, पल्पसा डंगोल, कविता शर्मा, गायिका जुनु रिजाल, निशा सुनुवार लगायत अन्यको पनि उपस्थिती थियो।

SUBSCRIBE 👉