नेपालमा धुम मचाउँदैछन् डिआइडीका डान्सर


did-stars-in-nepalग्ल्यामर नेपाल, काडमाडौं । भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी)मा निकै रुचाइएका नेपालभाषी डान्सहरु प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री र सुनिल क्षेत्रीले काठमाडौंमा पनि आफ्नो कलाको जादू देखाउने भएका छन्। ‘लेट्स डान्स’ नाम दिइएको उक्त कार्यक्रम चैत २५ गते सानोगौचरन, ज्ञानेश्वरमा हुनेछ।

संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कस्तुरी भिजन प्रालिले उनीहरुलाई काठमाडौंमा निम्त्याउन लागेको हो। सौम्या रियालिटी शो ‘बुगीवुगी लिटिल चाम्स’को फस्ट रनरअप बनेकी थिइन् भने डिआइडी लिटिल चाम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन्। भर्सनटायल डान्सर ओम क्षत्री ७ वर्षको उमेरमा डिआडी लिटिल चाम्सको फस्ट रनरअप भएका थिए भने प्रदीप गुरुङ डिआडी सिजन ३ मा धेरैले रुचाएका डान्सर हुन्। सुनिलले डिआडी सिजन ४ मा आफ्नो डान्समाफर्त धेरै वाहवाही कमाएका थिए। कार्यक्रममा नरेशवीर सिंहले नृत्य देखाउने आयोजकले जानकारी दिएको छ।

सामाजिक सेवाका साथै नृत्यमा पारखीहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम आयोजना गरेको आयोजकमध्येका एक विजय थापाले जानकारी दिएका छन्। कार्यक्रममा भारतबाट आउने कलाकारसँगै निर्वाण एण्ड म्युजिक लिंक, बिबोइङ गु्रप एभरेस्ट क्र्यु र हिपहप ह्यान्ड टू ह्यान्ड, गायक प्रमोद खरेल, डम्बर नेपाली, डान्सर शंकर विसी, पार्वती राईलगाएतका नेपालका चर्चित कलाकारको पनि प्रस्तुती रहेनछ । कार्यक्रमको लागि टिकट द स्टाइल काठमाडौं मल र हिमालय जाभाका शाखाहरुमा पाइने थापाले जानकारी दिए।

SUBSCRIBE 👉