‘स्टाइल उत्सव’ – सेलिब्रिटी तथा मोडलहरु एकसाथ र्याम्पमा


गत शनिबार चर्चित सेलिब्रेटी तथा मोडलहरु आकर्षक शैलीमा एकसाथ र्याम्पमा देखा परे। ‘स्टाइल उत्सव’ नाम दिइएको शोमा सेलिब्रेटी र मोडलहरु गरी २५ जनाले र्‍याम्पमा क्याट वल्क गरे। मर्निङ ग्लोरी इन्टरटेनमेन्टले राजधानीको त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको मुडस लञ्जमा शनिवार सााझ र्‍याप शो संम्पन भएको हो।

Usha-Gauri-Kshitiza

गौरी मल्ल, चाादनी शर्मा, उषा खड्गी, केकी अधिकारी, पुजा शर्मा, लक्ष्मी श्रेष्ठ, पुनम गौतम, क्षितिजा शाक्यको विशेष आकर्षण बने। उनीहरु विभिन्न ६ सिक्वेन्समा र्‍याम्पमा देखिए। सेलिब्रेटी र मोडलले नेपाली कल्चर, ढाका, साडी, लेहेगा, गाउन, एउटै रंगको लेहेंगालगायतका सिक्वेन्समा प्रस्तुत भएका थिए। सेलिब्रेटी र मोडलहरुले चर्चित फेसन डिजाइनर विश्व गौतम र लास्ट स्टुडियोले तयार पारेको पहिरनमा सजीएका थिए।

Gauri-Malla

सेलिब्रेटीको शो संगै १२ जना बालबालिकाहरुले पनि र्‍याम्पमा क्याट वल्क गरेका थिय। सेलिब्रेटी र बालिबालिकालाई प्रतिमा श्रेष्ठले कोरियोग्राफी गरेकी थिईन्। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन एक खुट्टाले नृत्य गरेर चर्चित बनेकी नृत्यांगना रोमा न्यौपाने, गायिका प्राश्ना पाण्डे र दिना पाण्डेको प्रस्तुति दिएका थिए। यस्तै वरिष्ठ गायिकाद्वय कुन्ती मोक्तान र देविका बन्दनाले पनि आफ्ना चर्चित गीत सुनाएका थिए।

Kshitiza-Usah

शुभेच्छा खड्काले एमसीको रुपमा सञ्चालन गरेको शोको व्यवस्थापन बेटर ग्यालेक्सीले गरेको थियो। बेटर ग्यालेक्सीका प्रमुख धिरज तण्डुकारले शोलाई भव्य र सभ्य रुपमा सम्पन्न भएको बताए।

बेटर ग्यालेक्सीले हालसम्म ‘भ्यालेन्टाइन सेलिब्रेटी वक’, ‘मनसुन फेसन परेड’, ‘लिटिल पि्रन्स एण्ड पि्रन्सिस’, ‘मिस टिन नेपाल’ र ‘कायरा रनवे’ जस्ता चर्चित कार्यक्रम गरिसकेको छ।
तस्वीरः सुरेन्द्र महर्जन

SUBSCRIBE 👉