नयाँ एल्बमको तयारीमा टिका र अबुन


अस्ट्रेलियामा बसेर पनि गीत संगीतमा सक्रिय संगीतकर्मी हुन् संगीतकार टिका दाहाल र गायिका अबुन पाण्डे। टिका र अबुनले लामो समय देखि एक साथ सहकार्य गर्दै आइरहेका छन् । हालसम्म २२ ओटा गीतहरु रेकर्ड गरिसकेका टिका र अबुनको ७ वोटा गीतहरु बजारमा सार्वजनिक भैसकेको छ। अस्ट्रेलियामा हुने सास्कृतिक कार्यक्रमहरुमा समेत उनीहरु उतिकै सहभागीता जनाउने गर्दछन्। बि स २०५५ बाट सांगीतीक यात्रा सुरु गरेका टिका दाहालले फरक खालको संगीत भर्न रुचाउँछन्।

Tika-Dahal-Abun-Pandey

उनले हालसम्म मायाले बाधिदेउ मलाई ,के भो तिमीलाई , सोचेको जति सबै कुरा, माईली उडाउछु, तिमी अनि म , पाल्पाली ढाकाको चोली, केवल यादमा तिम्रो लगायतका गीतहरुमा संगीत भरिसकेका छन् जसमा अबुन पाण्डेको स्वर रहेको छ। चितवनमा जन्मीएकी अबुनले २०५९ सालमा ’माटो चितवनको’ बोलको राष्ट्रिय गीतबाट गायन यात्रा सुरु गरेकी हुन्।

अस्ट्रेलियाबाट मास्टर्स डिग्री गरिसकेकी र अस्ट्रेलियालाई नै कर्मथलो बनाउदै आएकी गायिका अबुन पाण्डे भन्छिन् ’मलाई मेलोडी गीतहरु गाउँन् मनपर्छ’ र संगीतलाई बिगार्ने गीत गएर चाडो हिट हुने रहर नभएको उनको भनाई छ। हाल संगीतकार दाहाल र गायीका पाण्डे ‘अतृप्ति’ नामक एल्बम निकाल्ने तयारीमा रहेका छन् जसमा रमेश दाहालको एकल शब्द रहेको छ।

SUBSCRIBE 👉