‘हँसिया’ र ‘बिर बिक्रम’को सफलता पछि निर्देशक चाम्सको नयाँ प्रोजेक्ट ‘ह्याप्पी डेज’


मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र “वीर बिक्रम” प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ। चलचित्रले श्रोताहरुको राम्रो रेस्पोन्स पाउँदै गरेको उत्साहजनक बिजनेस बाट हौसिएका निर्देशक चाम्सले नयाँ चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन्।

Milan Chanms to direct new movie Happy Days

ह्याप्पी डेज (Happy Days) शिर्षक रखिएको चलचित्रको उनले छिट्टै नै एक कार्यक्रम गर्दै औपचारिक रुपमा निर्माण घोषणा गर्न लागेको बताएका छन्। हुन त यो चलचित्र निर्देशक चाम्सको “हसियाँ” पछि नै डेढ करोड लगानीमा निर्माण गरिने खबरहरु गत वर्ष मिडियामा आएको थियो। तर उनले एस भन्दा अघि ‘वीर बिक्रम’ निर्माण गरे।

चाम्स ईन्टेटेन्मेन्टको व्यानरमा निर्माण हुने यो चलचित्रमा को कसको अभिनय रहने छ त ? भन्ने भन्ने जिज्ञाशामा उनले केहि खुलाउन चाहेनन्। तर पनि स्टार भ्यालु भएका कलाकारलाई लियर यो चलचित्रको छायांकन बेलायत, स्कटल्याण्ड र बेल्जियममा का विभिन्न स्थानमा गरिने बुझिएको छ।

कोरियोग्राफर रेनशा वान्तवा राईले लेखेको विशुद्ध प्रेम- कथामा निर्माण हुने भनिएको यो चलचित्र राजेन्द्र भट्टको लगानीमा निर्माण हुने खवर बाहिरिएको थियो तर हाल आएर यो चलचित्रमा बिपी खनाल र नरेश शर्माले लगानी गर्ने बताईएको छ।

चलचित्र ‘हँसिया’ र ‘वीर बिक्रम’ निर्माण गरेर दर्शक श्रोतको मन जितेका चाम्सले निकेश लिम्बु सँग मिलेर चलचित्र ‘व्लाईण्ड रक्स’ निर्माण गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।

SUBSCRIBE 👉