नवौं नेफ्टा फिल्म अवार्ड युएईको दुबईमा हुने


‘नेफ्टा फिल्म अवार्ड’को नवौं संस्करण युएई, दुबईमा हुने घोषणा गरिएको छ। आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा नवौं नेफ्टा फिल्म अवार्ड युएईको दुबईमा आयोजना हुने बारे नेफ्टा बर्तमान अध्यक्ष पुष्कर लामा र दुबईको लागी मध्यस्तकर्ता बनेका स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले प्रष्ट्याए।

NEFTA-Award-in-UAE-IMG1

नेपाल चलचित्र प्राविधिक संघले हरेक वर्ष आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको छैठौँ, सातौँ र आठौ संस्करणको अवार्ड क्रमश हंगकंग, मलेसिया र कतारमा सफलरुपमा सम्पन्न भएको थियो। यो अवार्डलाई व्यवस्थित तथा भब्य बनाउन युएईका लागि स्पेक्ट्रम एडभरट्राइंङ् एण्ड मिडिया कन्सल्टेट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनि संगको सहकार्यमा सम्पन्न हुनेछ।

NEFTA-Award-in-UAE-IMG2

३४ विधामा अवार्ड दिदै आएको नेफ्टा अवार्डमा यो पटक भने २८ विधामा मात्र अवार्ड दिइने बताईएको छ। यो पटक को अवार्ड कार्यक्रममा केहि प्राबिधिक विधाहरुमा फेरबदल गरिए पनि कुन कुन विधा थपियो वा हटाइयो भन्ने बारेमा भने खुलाईएन।

NEFTA-Award-in-UAE-IMG3

दुबईमा हुने यस पटकको अवार्डमा नेपालबाट सय भन्दा बढिको संख्यामा फिल्मकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहने बताईएको छ।

नेपाली चलचित्रको प्रचार प्रसार गर्दै नेपाली कला सस्कृतिलाई विश्व बजारसम्म पुर्याउन तथा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उदेश्यका साथ नेपाल चलचित्र प्राविधिक संघले यो अवार्ड कार्क्रम नौ वर्ष देखि गर्दै आएको छ।

NEFTA-Award-in-UAE-IMG4

SUBSCRIBE 👉