‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ सत्यराज आचार्यको नयाँ म्युजिक भिडियो


गायक, संगीतकार एवं गजलकार सत्यराज आचार्यले आफ्नो महत्वाकांक्षी एकल गजल एल्बम ‘मधुशाला’ मा शमाबेश एक गीतको भिडियो रिलिज रिलिज भएको छ। आफ्नो छोरा संगीतराज आचार्यको जन्मदिनको अवसरमा ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ बोलको म्यूजिक भिडियो युट्युबवाट सार्वजनिक गरिएको हो।

Satyaraj Acharya

युकेमा खिचिएको भिडियोको निर्देशन, छायांकन र सम्पादन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गरेका हुन्। भिडियोमा सत्यराज, निश्चल कार्की र प्रीथा भण्डारीले अभिनय गरेका छन्।

गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा सत्यराज आचार्यको लेखन, संगीत र गायन रहेको ‘मधुशाला’बाट यस अघि दुईवटा गजलहरु ‘काली’ र ‘मधुशाला’ सार्वजनिक भई सकेको छ।

SUBSCRIBE 👉