जब आर्यनले नम्रतालाई वाथरुम लगे…


IMG_6040ग्ल्यामर नेपाल, काठमाडौं । वैशाख ६ गते लगनगाँठोमा बाँधिन लागेका आर्यन सिग्देल वास्तविक जीवन नम्रता श्रेष्ठको निकै नजिक मानिन्छन्। ‘मेरो एउटा साथी छ’मा अनस्क्रिन रोमान्स गरेपछि नजिकिएको यो जोडी ‘नोभेम्बर रेन’सम्म आइपुग्दा अति निकट भइसकेका छन्। उनीहरुको निकटताको पछिल्लो उदाहरण मंगलबार फिल्म युनिटले आयोजना गरेको अडियो लन्च कार्यक्रममा देखिएको छ। लगातारको सुटिङका कारण कमजोर बनेकी नम्रतालाई आर्यनले अधिक केयर गरेपछि कानेखुशीको विषय बनेको हो। कतिसम्म भने उनले नम्रतालाई बाथरुममा पनि साथ दिएका थिए।

कार्यक्रम चलिरहेको बेला आर्यन र नम्रता हलबाट बाहिरीए। करिब पाँच मिनेटसँगै फर्किएपछि पत्रकारहरुले जिज्ञासा राख्नु स्वभाविक पनि हो। झन् आर्यनको उत्तर सुनेपछि पत्रकारहरु अचम्ममा परे। ‘नमुलाई अलि सन्चो छैन्। त्यसैले भमिट गराउन बाथरुमसम्म पुराएर ल्याएको हो,’ आर्यनले थोरै लजाउँदै भने। उता, नम्रता भने केही नभर्स जस्तो देखिएकी थिइन्। आर्यन नम्रतालाई माया गरेर ‘नमु’ भन्छन् भने नम्रता आर्यनलाई ‘एलियन’ भन्छिन्।

लगातारको सुटिङका कारण नम्रता केही दिनदेखि अस्वस्थ छिन्। जसको चिन्ता आर्यनलाई अधिक परेको छ। उसो त नम्रताको व्यस्तता र अस्वस्थताको असर ‘नोभेम्बर रेन’को प्रमोशनमा पनि पर्ने भएको छ। दिनेश राउत निर्देशित यो फिल्म वैशाख १२ गते रिलिज हुँदैछ।

SUBSCRIBE 👉