रोमान्टिक कमेडी ‘जीन्दगी रक्स’मा केकी, ऋचा र अकेशा


zindagi rocks image (9)ग्ल्यामर नेपाल, काठमाडौं। म्युजिक भिडियोमा नाम कमाएका निर्देशक निकेश खड्काले ठूलो पर्दाको फिल्म निर्देशन गर्ने भएका छन्। निकेशले निर्देशन गर्न लागेको फिल्म ‘जीन्दगी रक्स’मा म्युजिक भिडियोमा जमेका कलाकार र प्राविधिकको बाहुल्यता रहेको छ। रोमान्टिक कमेडी जनराको यो फिल्मको मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरि निर्माणको औपचारिक जानकारी गराइएको छ। फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, अकेशा विष्ट, सौरमराज तुलाधर, सोनाम पाख्रिन, राजेन्द्र खड्कीलगाएतका कलाकारको मुख्य भूमिका रहनेछ।

कार्यक्रम को फोटो ग्यालरी हेर्नुहोस >>

भि प्रोडक्सन एण्ड निकेश क्रियशनको व्यानरमा सुजिता श्रेष्ठले निर्माण गर्न लागेको ‘जीन्दगी रक्स’मा युवाहरुको जीवनशैलीलाई कमेडी रुपमा प्रस्तुत गरिने निर्देशक खड्काले जानकारी दिए। फिल्मलाई हरि हुमागाईंले काठमाडौं, चितवन र पोखरामा खिच्नेछन्। निरज महर्जनको पटकथा रहेको फिल्ममा सुगम पोखरेल र कमल खत्रीको संगीत र निशान घिमिरेको सम्पादन रहने छ। फिल्मको लगानी ६५ लाख छुट्टाईएको निर्माता श्रेष्ठले बताईन्। फिल्ममा निश्चल बस्नेत, सुवेक्षा खड्का र प्रकृति श्रेष्ठलाई पनि अतिथी भूमिकामा देख्न पाइनेछ। फिल्मका नयाँ कलाकारहरु हाल वर्कसपमा व्यस्त छन्।

SUBSCRIBE 👉