बलिउड अभिनेत्री उर्बसी रौटेलाले काठमाडौंमा क्याटवाक गर्ने


बलिउड अभिनेत्री उर्बसी रौटेला दुई दिनका लागि काठमाडौं आउने भएकी छिन्। युहान इन्टरनेशनल इभेन्टस्को निमन्त्राना स्वीकार्दै आयोजना हुन लागेको ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ मा उबर्सी मुख्य सो स्टपरको रुपमा प्रस्तुत हुनेछिन्। उनि असोज १४ गते काठमान्डू आइपुग्ने छिन् सोहि दिन साँझ त्रिभुवन आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’मा तयार गरिएको भव्य रनवेमा उनले ले क्याटवाक गर्नेछिन्।

urvashi-rautela

युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानका अनुसार मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२ मा युवा र युवती गरी ४० प्रतियोगी छन्।
बलिउडको सनम रे, सिंह साव द ग्रेट, ग्रेट ग्राण्ड मस्ती, दक्षिण भारतको मिस्टर इराबाटा जस्ता फिल्मकी अभिनेत्री उर्वसी चर्चित मोडल पनि हुन्। सोही कारण पनि ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’मा सो स्टपरको रुपमा उबर्सीलाई बोलाईएको खानले बताए।हनी सिंहको लभ डोज…र गल बन्गई…जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी उर्बसी यी गीतको भिडियोका कारण पनि पछिल्लो समय चर्चामा छिन्।

गत वर्ष मोडल क्वेस्ट इन्टर नेशलन नेपालको पहिलो सिजनमा युहानले बलिउड अभिनेत्री हेजेल केचलाई ल्याएको थियो। नेपाली तन्नेरी पुस्तालाई मोडलिङमा स्थापित गर्न आयोजित ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपालका प्रतियोगीलाई अन्तराष्ट्रिय मोडलहरुसँग एउटै रनवेमा उतार्न गत वर्ष झै यस पटक पनि बलिउड अभिनेत्री एवं मोडल उर्बसी रौटेलालाई बेलाईएको आयोजक सँस्थाकी अध्यक्ष संजिता श्रेष्ठले बताईन्।

SUBSCRIBE 👉