विहेले करिअरमा असर नपर्ने आर्यनको दाबी


aryan-sigdelग्ल्यामर नेपाल, काठमाडौं। नेपाली फिल्मका चकलेटी नायक आर्यन सिग्देल वैशाख ६ गते सपना राजभण्डारीसँग विवाह बन्धनमा बाँधिदैछन्। निकै फ्यान फलोलिङ भएका यी नायकको विवाहपछि फ्यान घट्ने अनुमान गरिएको छ। तर आर्यनले विवाहले फ्यान नघट्ने बताएका छन्। मंगलबार आफैंले निर्माण गरेको फिल्म ‘नोभेम्बर रेन’को अडियो विमोचन कार्यक्रममा उनी विवाहपछि करिअरमा कुनै असर नपर्ने दाबी गरिरहेका थिए।

‘गोरो छालालेभन्दा काम र फिल्मप्रतिको लगावले म आर्यन सिग्देल भएको हुँ। त्यसैले विवाह हुनु र नहुनुमा केही अन्तर छैन,’ उनले भने, ‘तर मेरो गोरो छाला मात्रै हेर्नेलाई म फ्यान भन्न रुचाउँदिन।’ उनले आफू सानो बालकदेखि आन्टीसम्मले रुचाउने कलाकार भएको दाबी पनि गरे। कार्यक्रममा फिल्मकी नायिका नम्रता श्रेष्ठले आर्यनको विवाहबाट आफू खुशी रहेको बताइन्। आर्यनलाई चाहिने हरेक सहयोग गर्न तयार रहेको उनको भनाई थियो। साथै फिल्म राम्रो बनेकोले दर्शकले रुचाउनेमा उनले विश्वास प्रकट गरिन्।

निर्माता सुवास गिरीले मन छुने कथामा फिल्म बनाएको बताए। निर्देशक दिनेश राउत पनि फिल्मप्रति निकै आशावादी देखियो। कार्यक्रममा प्रविशा अधिकारी र युवराज चापागाइँले ताराप्रकाश लिम्बुको संगीतमा सजिएको एक-एक गीत विना ट्रयाक गाएर सुनाएका थिए। फिल्ममा ३ गीत समावेश गरिएको छ। सामिप्य तिमिल्सिनाको संवाद, छेतन गुरुङको कथा तथा पटकथा रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्। फिल्म वैशाख १२ गते देशभर प्रदर्शन हुँदैछ।

# आर्यन संग सम्बन्धित फोटोहरु

# आर्यन संग सम्बन्धित भिडियोहरु

# आर्यन संग सम्बन्धित समाचारहरु

SUBSCRIBE 👉