परदेशीको कथाको बोकेको चलचित्र उमंगको ट्रेलर


कार्तिक १२ गते अल नेपाल प्रदर्शन हुने यथार्थ परक नेपाली चलचित्र ‘परदेशीको उमंग’को ट्रेलर सार्वजनिक गरिएको छ। मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथालाई खोतल्ने यो चलचित्रमा नेपाली परिवेशका कथा र मायापिरतीलाई समेटेको छ।

umanga-photo

चलचित्रको ७५% छायांकन दुबईमा र बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ। दर्जनौ चलचित्रमा कोरियोग्राफर तथा मुख्य सहायक निर्देशकका रुपमा काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन।

चलचित्रमा बिनिता बराल, कुमार बिसी, सिपि .पौडेल, राम बाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार केसी, लगायतको अभिनय रहेको छ। बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द, अर्जुन जिसीको सम्पादन तथा अक्कि शर्माको भीएफएक्स छ। रबिन्द्र बरालले खिचेको यो चलचित्रको कथा कुमार बिसीले लेखेका हुन। बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तुका बारेमा कथा लेखक कुमार बिसी नै चलचित्रका निर्माता हुन।

SUBSCRIBE 👉