राजेश पायल राइको नयाँ म्युजिक भिडियो रिलिज – बिशाल र गौराको अन स्क्रिन रोमान्स


चर्चित गायक राजेश पायल राई ‘राई इज किङ’को स्वरमा रहेको ‘मत मान्दिन’ बोलको गीत रिलिज भएको छ। ‘दर्शन नमस्ते–२’ एल्बममा समावेश ‘मत मान्दिन’ बोलको गीतमा पदम किरातीको शब्द, विनोद खम्बुको संगीत तथा उदय राज पौडेलको एरेञ्ज रहेको छ। केही दिन अगाडी गायक राजेश पायलको ‘दर्शन नमस्ते–३’ एल्बम सार्वजनिक गरिएको थियो।

पुर्व भेडेटार र इटहरीको मनोरम दृश्यहरुमा छायाँकन गरिएको गीतमा रंग पत्रकारिताबाट म्युजिक भिडियो मोड्लिङमा लागेका विशाल राई र नव मोडल गौरा राईको अन स्क्रिन रोमान्स देख्न सकिन्छ। विशाल र गौराको जोडीलाई म्युजिक भिडियोमा उतार्ने काम भने पछिल्लो समय निर्देशनमा चर्चा कमाइरहेका निर्देशक मदन दुम्स्ले गरेका हुन्। निर्देशक दुम्स्का अनुसार यो भिडियोमा दुख गरे अनुसार दर्शकहरुले रुचाउनेमा ढुक्क रहेको बताए।

श्रीकुमार साम्पाङको सिनेमाटोग्राफि रहेको म्युजिक भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा रेश्मा राईको कोरियोग्राफी छ।

SUBSCRIBE 👉