किमलाई पछाडिबाट किस गर्न खोजेपछि…! भिडियो हेर्नुहोस्


रियलिटी स्टार किम कार्दशियन सधैं कुनै न कुनै कारणले चर्चाको शिखरमा रहने गर्दछिन्। यतिबेला भने उनी एक प्र्याङ्कस्टर पत्रकारक कारण चर्चामा छिन्। घटना अनुसार हालै किम एक एउटा विचित्रको घटनाको शिकार बनिन्। एक जना व्यत्तिले किमलाई पछाडीबाट हिपमा किस गर्ने कोशिस गरेपछि उनी चर्चामा आएकी हुन्।

kim

तर सुरक्षा गार्डले उक्त व्यक्तिलाई समातेपछि किस गर्न भने पाएनन्। पेरिसमा भईरहेको फेशन वीकमा भाग लिन पुगेकी किम फ्री टाइममा एक फेशन हाउस पुगेकी थिइन्। त्यहाँबाट जब उनी बाहिर निस्किइन तब युक्रेनका पत्रकार भिटाली सिजकले उनको बटलाई किस गर्ने कोशिस गरे।

अचानक भएको यो घटनाले किम निकै हडबडाइन्। किमका साथ भएको यो घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। स्मरणरहोस हलिउड स्टारहरुका साथ यसप्रकारको कार्य गर्ने विषयमा पत्रकार भिटाली चर्चित छन्। केही अघि उनले सुपरस्टार मोडल गिगी हैदिदलाई पनि काखमा उठाएका थिए। त्यतिबेला उनले गालामा चड्कनसमेत खाएका थिए।- एजेन्सी
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉