नायिका वर्षा राउतलाई फिल्मको वर्षा!


म्युजिक भिडियोबाट चर्चा बटुलेकी वर्षा राउतले चलचित्र ‘नाइँ नभन्नू ल ४’ बाट फिल्मी नगरीमा फड्को मारिन्। ब्रान्ड भ्यालुका कारण उक्त फिल्मले औसत व्यापार गर्‍यो। तर वर्षाको करिअरमा भने ‘नाइँ नभन्नु ल ४’ ले फिल्मको वर्षा नै गरिदियो।

Actress Barsha Raut

उनी अभिनीत फिल्म ‘छक्का–पञ्जा’ले यतिबेला बक्स अफिसमा कमाल-धमाल मच्चाइहेको छ। उनको समेत त्यतिकै तारिफ भैरहेको छ। कार्तिक १२ गतेबाट उनि अभिनित अर्को फिल्म ‘जात्रा’ रिलिज हुँदैछ। प्रदीप भट्टराईको निर्देशन रहेको यो फिल्ममा उनि एकल अभिनेत्री हुन्।

यसैबीच उनले सुव्रत आचार्यको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मनोरञ्जन’मा खेल्ने करिब करिव पक्का भईसकेको छ। उनको बढ्दो क्रेज र अभिनय शैलीबाट प्रभावित सुव्रतले वर्षालाई ‘मनोरञ्जन’को लिडिङ लेडी बनाउने निर्णय गरेका हुन्।

नायिका वर्षा राउतको फोटो ग्यालरी हेर्नुहोस्
Actress Barsha Raut Photo Gallery

SUBSCRIBE 👉