युएईका विभिन्न शहरहरुमा ‘वीर बिक्रम’ प्रदर्शन हुने


युएईका विभिन्न शहरहरुमा अक्टोबर १४ तारिक देखि नेपाली चलचित्रहरु नियमितरुपमा प्रदर्शन हुने भएको छ। अक्टोबर १० तारिक युएईको चलचित्र सेन्सर बोर्डले नेपाली चलचित्र ‘बिर बिक्रम’ सेन्सर पास गरेको छ। मिलन चाम्स निर्देशित ‘बिर बिक्रम’ युएईका विभिन्न शहरहरु स्थित सिनेमा भवनहरुमा प्रदर्शन हुने पक्का भएको छ।

Bir-Bikram-Milan-Chams-Films

युएईका ९ वटा सिनेमा भवनहरुमा एकै चोटी पहिलो पटक प्रदर्शन गर्न युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्मप्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा नियमित प्रदर्शन हुने बाताबरण मिलाएको हो। नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको उपस्तिथीमा विधिवत प्रदर्शनी थालनी हुने बताईएको छ।

नेपाली चलचित्र ‘वीर विक्रम’ युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल, अलकुजको बलिउड सिनेमा, आबुधाबीको ग्रान्ड सफिर सिनेमा र आबुधाबी कै मुसाफाको नेसनल सिनेमा हल, अलऐन शहरको अलऐन मलको स्टार सिनेमाहल, सारजाहको स्टार सीनेप्लेक्स, अजमानको सिटी सेन्टरको भोक्स, रसअलखेमाको गल्फ सिनेमा र फुजेराहको स्टार दानामा अक्टोबर १४ तारिक प्रदर्शन हुने भएको हो।

नेपाली चलचित्रले प्राबिधिक रुपमा बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्न सक्नु समग्र कलाकार, प्राबिधिक र चलचित्र संग आबद्ध व्यक्तिहरुकालागी खुशीको कुरा भएको खाडी राष्ट्रका लागि नेपाली चलचित्र वितरक सालिक सुबेदीले बताएका छन।

नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने नेपालीहरु धेरै छन्। नेपाली चलचित्र पनि स्थरिय रुपमा निर्माण हुन थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित प्रदर्शन पछि नेपाली कला सस्कृतिको प्रबर्धन हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले बताए।

युएईको प्रर्दशनी पछि छिट्टै नै कतार, बहराईन, ओमन र थाइल्याण्डमा पनि नेपाली चलचित्र नियमित प्रदर्शन हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सका सुबाश सिंह ठकुरी (अनिश)ले बताएका छन। उनले भने – ‘नेपाल रिलिज मिति संगै मिडल इस्ट देशहरु लगायत अन्य देशहरुमा पनि एक साथ नेपाली फिल्महरु प्रदर्शन गर्ने कम्पनिको लक्ष्य छ। यसै अनुरुप हामीले गर्नु पर्ने कार्यहरु गर्दै लागेका छौ।’

नेपाली चलचित्रको बजार बिस्तार एबम नेपाली कला सस्कृतिको प्रचार प्रसारमा सहयोग गर्न कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले डिसेम्बर २३ तारिकका दिन युएई, दुबईमा नेफ्टा अवार्ड (नवौ संस्करण) आयोजना गर्दै छ। यसका लागि सम्पूर्ण क्रियासिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाज सेवी तथा पत्रकारहरु सबैलाई सहयोग गर्न कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले आग्रह गरेको छ।

SUBSCRIBE 👉