युएईका ११ सिनेमाहलहरुमा ‘बीर विक्रम’को भब्य प्रदर्शन । अव हरेक साता ३ दिन नेपाली फिल्म प्रदर्शन हुने


युएईमा नियमितरुपमा नेपली चलचित्र प्रदर्शन हुने कार्य शुरुभएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बीर विक्रम’ भव्यताका साथ युएईका बिभिन्न ९ शहरहरुमा एक साथ प्रदर्शन भएको छ। युएईको इतिहासमा नियमित रूपमा नेपाली चलचित्र एकै पटक ११ वटा सिनेमा हलहरूमा प्रदर्शन गरिएको यो पहिलोपटक हो। सिन्धगा मल्टिप्लेक्स बरदुबईमा साँझ ६ बजे प्रदर्शन भएको ‘वीर बिक्रम’ हाउसफुल थियो भने अन्य शहरका सिनेमा हलहरुमा समेत दर्शकहरुको उल्लेखनीय सहभागिता थियो।

bir-bikram-uae

नेपाली दूतावास अबुधावीका कार्यबाहक राजदुत नेत्र टन्डन, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदीले एक कार्यक्रमका माझ उपस्तिथ दर्शकलाई सुभकामना यूएईमा चलचित्र प्रदर्शनको शुभारम्भ गरेका थिए। युएईमा नेपाली सिनेमा प्रदर्शन गर्ने बाताबरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदी, राजन अधिकारि र सुबाश सिंह ठकुरी (अनिश) पहलमा सम्भब भएको हो।

bir-bikram-uae-2

चलचित्र भदौ ३ गतेबाट नेपालमा पर्दशनी सुरु गरेको वीर बिक्रमले ५१ दिनको सफल प्रदर्शन पुरा गरि सकेको छ। युएईको दर्शकले पनि वीर बिक्रम सिनेमा अत्याधिक मन पराएका छन्। फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेनको साथमा नयाँ अनुहार (नायिका) दीया पुनको मुख्य भूमिका रहेको छ। अन्य चलचित्रमा भन्दा यो फिल्ममा अभिनेता दयाहाङ राई भिन्न रुपमा देखिएका छन्।

bir-bikram-uae-3

कन्सेप्टभिजनफिल्म प्राडक्शन एण्डडिष्ट्रिव्यटर्सका राजनअधिकारीले दिएको जानकारी अनुसार युएईमा अब नियमित रुपमा बिहीबार, शुक्रबार र शनिबार नेपाली चलचित्रको प्रदर्शन हुनेछ। नेपाल रिलिज मिति संगै मिडल इस्ट देशहरु लगायत अन्य देशहरुमा पनि एक साथ नेपाली फिल्महरु प्रदर्शन गर्ने लक्ष्य लिएको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले बहराईन, ओमन र थाइल्याण्डमा पनि नेपाली चलचित्र नियमित प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका एक्जुकेटिभ डाईरेक्टर सुबाश सिंह ठकुरी (अनिश) ले जानकारी दिए।

bir-bikram-uae-4

SUBSCRIBE 👉