ट्रेलरमा एस्तो छ – ‘पुरानो डुङ्गा’


दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो डुङ्गा’को ट्रेलर रिलिज गरिएको छ। करिब ३ मिनेट लामो ट्रेलरले माया पिरती तथा पारिवारिक पीडाको कथा बोल्छ।

निर्देशक राबाबु गुरुङको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दया र प्रियंकासँगै मेनुका प्रधान र माओत्से गुरुङको पनि मुख्य भूमिका छ। सिनेमा आर्ट्को ब्यानरमा निर्माण भएको ‘पुरानो डुङ्गा’ पोखरा आसपास स्थानहरुमा छायाँकन गरिएको हो।

‘पुरानो डुङ्गा’ को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉