इनास अवार्डको तिब्र तयारी हुँदै । डेनी डेन्जोम्पालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’


कात्तिक २४ गते सिक्किमको गान्तोकमा आयोजना हुन लागेको इनास अवार्डको तयारी अहिले तिव्र रुपमा भैरहेको छ। अन्तराष्ट्रिय नेपाल कलाकार समाजले आयोजना गर्न लागेको अवार्डको यो चौथो संकरण हो। इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवालले नेपाली चलचित्र, कला, संकृतीको विकास गर्न र अन्तराष्ट्रिय मञ्चमा नेपाली चलचित्रलाई परिचित गराउने अवार्डको नेतृत्व गरेको बताए।

Danny Denzongpa

यो अवार्ड समारोहमा भाग लिन डेढ सय बढी चलचित्रकर्मी, पत्रकार, गायक, गायिका सिक्किम पुग्नेछन्। विभिन्न १९ वटा विधामा उत्कृष्ट ३ भित्र पर्ने चलचित्रकर्मी अवार्डमा सहभागी हुने आयोजकले जानकारी दिएको छ। यो कार्यक्रममा बलिउडका चर्चित कलाकार मनिषा कोइरालाको साथमा गायक तथा कलाकार डेनी डेन्जोम्पा पनि सहभागी हुनेछन्।

यो कार्यक्रमको व्यवस्थापनको जिम्मा अन्तरा इन्टरनेशनलले पाएको छ। यसका अध्यक्ष सुदिप रेग्मीका अनुसार अवार्डमा डेनीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ।

SUBSCRIBE 👉