वैशाख २६ मा इलमको ‘रेड मनसुन’


red-mansoonग्ल्यामर नेपाल, काठमाडौं । विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा चर्चा कमाइसकेको फिल्म ‘रेड मनसुन’को रिलिज डेट तोकिएको छ। इलम दिक्षीत निर्देशित यो फिल्म आउँदो वैशाख २६ गतेबाट प्रदर्शन हुने भएको हो। रिलिज डेट घोषणासँग फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको छ। चलचित्र वितरणको जिम्मा पपकर्न पिक्चर्सले पाएको छ।

नाटक निर्देशन र अभिनयको अनुभव संगालिसकेका इलम निर्देशित पहिलो फिल्म हो, ‘रेड मनसुन’। उनले अभिनय र निर्देशनमा स्नातक गरेका छन्। फिल्ममा उनले राजधानीको नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने एक संघर्षशील पात्रको कथा देखाउने प्रयास गरेका छन्। फिल्ममा हिमाली दीक्षित, सुदाम सिके, सरिता गिरी, सृष्टि घिमिरे, सन्दीप क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ। युवापुस्ताका दर्शकले यो फिल्म रुचाउने विश्वास गरिएको छ।
अजय उपाध्याय र रुथ मोईको संयुक्त लगानी रहेको ‘रेड मनसुन’को क्रियटिभ प्रोड्युसर अमेरिकी फिल्म मेकर डग्लस म्याकहुग हुन्। करुणा शर्माको कथालाई निर्देशक इलमले नै पटकथा, संवादमा ढालेका हुन्। फिल्मको सम्पादन पनि उनी आफैंले गरेका हुन्। अमेरिकाकै सिनेम्याटोग्राफर ब्रायन एमेरीले खिचेको फिल्ममा लोचन रिजालको संगीत सुन्न सकिन्छ।

‘रेड मनसुन’ किम्फ फेस्टिभल, सानजुआन फिल्म फेस्टिभल, कोस्टारिका र मुम्बई फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ।
रेड मनसुन को ट्रेलर हेर्नुहोस
red-mansoon-trailer

SUBSCRIBE 👉