म्युजिक भिडियोमा म्याग्दीको सुन्दरता


म्याग्दीलाई चिनाउने गरी गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन्। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरे।

myagdi

भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफुलाई मन परेको बताए। एउटा जिल्लालाई विभिन्न कोणबाट सांस्कृतिक र पर्यटकीय रुपमा चिनाउन सक्नु गीतकारको लेखनको खुबी भएको दाबी गरे।

गीतकार शेरचनले आफु सानैदेखि गीत संगीतप्रति हुरुक्कै हुने गरेको बताउँदै आफ्नो जिल्लालाई चिनाउन गीत लेखेकोमा खुशी व्यक्त गरे । शेरचनका एल्बम ‘खुकुरी’, लोकदोहोरी एल्बम ‘हुन्छु निराश’, बाँसुरीको धुन संग्रहित एल्बम ‘इमेज अफ हिमालय’, ‘कल अफ फ्ल्युट’ र ‘हाम्रो म्याग्दी’ बजारमा आईसकेका छन्।

भिडियोको गीतमा खड्ग गर्बुजा र दुर्गा परियारको स्वर छ। मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको भिडियोमा बद्री केसी, यशोदा बुर्जा पुन र ज्योति भट्टचनले अभिनय गरेका छन्। भिडियोमा बद्रीकै कोरियोग्राफी, खिमबहादुर गुरुङको छायांकन,बालकाशी गुरुङको सम्पादन र भोजबहादुर गुरुङको निर्देशन छ। भिडियोमा म्याग्दीका रमणीय स्थानहरुलाई कैद गरिएको छ। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉