रोमान्टिक मुडमा केकी अधिकारी र पुष्प खड्का – म्युजिक भिडियो


पछिल्लो समय नायिका केकी अधिकारीलाई नयाँ / नयाँ युवक सँग रोमान्टिक मुडमा प्रशस्तै भेटिन्छ। आजभोलि उनि चलचित्र भन्दा पनि म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेकि छिन। त्यसैले नयाँ / नयाँ युवकहरु सँग टेलिभिजन तथा यु ट्युब मार्फत रिलिज हुने म्युजिक भिडियोहरुमा उनलाई देखिन थालिएको हो।

Keki Adhikari Pushpa Khadka

यसै क्रममा नायिका केकी अधिकारी प्रेममा परेको भिडियो हालै रिलिज भएको छ। गायक सागर राईको स्वर रहेको ‘देख्दा तिमीलाई बोलाउन मन लाग्छ..’बोलको गीत माथि बनेको म्युजिक भिडियोमा केकी र पुष्प खड्काका रोमान्टिक मुडका दृश्यहरु हेर्न सकिन्छ। गीतको शब्द तथा संगीत पनि सागर राईकै रहेको छ। निकेस खड्काको निर्देशनमा म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् भने भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉