अमेरिकाबासी नेपालीहरुलाई नचाउदै गायक राजेश पायल राई


सांगीतिक यात्राका क्रममा रहेका चर्चित गायक राजेश पायल राई यतिबेला अमेरिकाबासी नेपालीहरु माझ आफ्नो सांगीतिक प्रस्तुति पस्कदै छन्। अमेरिकामा आफ्नो सातौ प्रस्तुति उनले साल्ट लेक सिटिमा दिएका छन्। कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजक समितिका राजेन्द्र ह्युजुले बताए।

rajesh-payal-rai-usa-concert-photo-2

लोकप्रिय गायक राईले कार्यक्रममा आफ्नो पछिल्लो एल्बम ‘दर्शन नमस्ते -३’का गीतहरु सहित उनका अन्य सुपर हिट गीतहरुबाट दर्शक श्रोताहरुलाई नचाएका छन्। दर्शकहरुको अनुरोधमा उनले चलचित्रहरुका गीतहरु समेत प्रस्तुत गरे।

rajesh-payal-rai-usa-concert-photo-3

नेप्लिस सोसाइटी साल्ट लेकले आयोजना गरेको कार्यक्रमलाई हालै अमेरीका पुगेका चलचित्र निर्देशक सुमन दाहालले संचालन गरेका थिए। कार्यक्रममा राइजिङ्ग भूट्निसका कलाकारहरुको पनि प्रस्तुति थियो। लोकप्रिय गायक राईले अब १९ नोभेम्बरमा न्यु योर्कबासी नेपालीहरुलाई नचाउने छन् भने २७ नोभेम्बरमा हङ्कङ पुग्दैछन्।

SUBSCRIBE 👉