प्रियंकाले गाएको आवरण’को शिर्ष गीत रिलिज


ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समयकी सबैभन्दा व्यस्त तथा सफल अभिनेत्री प्रियंका कार्कीले स्वर दिएको पहिलो गीत रिलिज गरिएको छ। सुवास कोइराला निर्देशित फिल्म ‘आवरण’को शिर्ष गीतमा प्रियंकाको स्वर सुन्न सकिन्छ। उनलाई चर्चित र्‍यापर यमबुद्धले साथ दिएका छन्। प्रियंका र यमबुद्धको स्वर रहेका कारण यो गीत निकै सफल हुने विश्वास गरिएको छ। शैलेन्द्र सिंह र शैलेश श्रेष्ठको संगीत तथा शब्द रहेको छ। फिल्मको मुख्य भूमिकामा पनि प्रियंकालाई देख्न सकिन्छ।

priyanka-karki

‘आवरण’ले एक रहस्यमयी कथा भन्छ। मानव जीवनको बाहिरी तथा भित्री आवरण फरकलाई फिल्ममा देखाउने प्रयास गरिएको छ। अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुक्त लगानी रहेको प्रियकांसँगै नरेश पौडेल, दिव्य देव, सुशिल राज पाण्डे, रवि गिरी, रश्मी भट्ट, एमएस अग्रज, सुनिता ठाकुर, सिमोनजंग मल्ल, अनुभव रेग्मी र आँचल अग्रज केसीलगाएतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई हरी हुमागाईले खिचेका हुन्। एयर क्रिउ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म जेठ २ गते रिलिज हुँदैछ।

yama-buddha-priyanka-karki

SUBSCRIBE 👉