आउँदो दसैंमा पनि रेखाकै राज !


ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्ला केही वर्षहरुमा जस्तै ०७१ को दसैंमा पनि नायिका रेखा थापाकै राज चल्ने भएको छ। आउँदो फुलपातीमा उनको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘हिम्मतवाली’को रिलिज डेट फिक्स गरिएको छ। नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको फिल्मको पहिलो पोस्टरमा फुलपातीमा रिलिज हुने उल्लेख गरिएको छ। अघिल्लो वर्षको फुलपातीमा पनि रेखाको ‘काली’ प्रदर्शन भएको थियो। पुर्वपति छविराज ओझा आफ्नो हातमा लिएर उनले ‘काली’को सोलो रिलिज गरेकी थिइन्। यसवर्ष उनीसँग भिड्न को आउने हो ? अहिलेसम्म टुंगो लागिसकेको छैन्।

सार्वजनिक पोष्टरमा रेखालाई मात्र देखाइएको छ । फिल्मका नायकहरुलाई यसपटक पनि छाँयामा पारिदिएकी छिन्। यो फिल्मको निर्देशन सुरुमा श्याम भट्टराईले गरेका थिए तर सुटिङ सुरु भएको केही दिनमै श्यामलाई हटाएर रेखाले आफैं निर्देशनको कमाण्ड सम्हालेकी थिइन्।
rekha-thapa-himmatwali-poster

SUBSCRIBE 👉