पुराना निर्देशकको चलचित्र “दिल बिचारा”को घोषणा


ट्रेन्डी फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘दिल विचारा’ निर्माण हुने भएको छ। फिल्म युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण हुने जानकारी दिएको हो। पुराना निर्देशक रञ्जीन राना मगरको निर्देशनमा बन्न लागेको फिल्ममा तम्भोको लगानी रहनेछ।

dil-bichara

फिल्मका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्मले देखाउनेछ। ‘फिल्मले लभ, एक्सन, कमेडी सबै समेट्नेछ।’ उनले भने। फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ।

मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा उनकै लेखन रहेको छ। माघबाट छायांकनमा जाने फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व, शिव विकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ। निर्देशक रानाले फिल्मको छायांकन नेपालको पश्चिम क्षेत्रमा गरिने बताए।
तस्वीरः महेश्वरमान सिंह

SUBSCRIBE 👉