को होलिन्, कामना अवार्डस् २०७३ को लक्स व्युटी स्टार ?

लक्स व्युटी स्टार विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्री राज्य लक्ष्मी शाह, प्रियंका कार्की र सृष्टी श्रेष्ठबिच प्रतिस्पर्धा चलिरहेको छ। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्।


सिने मासिक कामनाले प्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण, सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा कामना अवार्डस् २०७३ आगामी मंसिर १८ गते शनिबार आयोजना हुने भएको छ।

Kamana Awards Logo

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कामना अवार्डस् २०७३ मा यसै वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। लक्सको सहभागीता सँगै थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिने भएको छ।

एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्री राज्य लक्ष्मी शाह, प्रियंका कार्की र सृष्टी श्रेष्ठबिच प्रतिस्पर्धा चलिरहेको छ। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। दर्शकहरुले लोकप्रिय १९ विधामा उत्साहका साथ एसएमएस भोटिङ गरिरहेका छन्।

Lux Beauty Star - Nepali Actress

लक्स कामना अवार्डस् २०७३ मा चलचित्र नाईं नभन्नु ल ४ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ। त्यसै गरी चलचित्र प्रेम गीत १९, क्लासिक १७, ड्रिम्स १६, वडा नम्बर छ १४ र पशुपतिप्रसाद १२ विधाको मनोनयनमा परेको छ।

‘सम्मान चलचित्रको उत्सव उत्कृष्टताको’ नारा सहित नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कीर्तिमय लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

SUBSCRIBE 👉