यस्तो हुनेछ दुवईमा नेफ्टा अवार्ड, टिकट सोल्डआउट हुने सम्भावना!


दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० सिनेकर्मीले भाग लिनेछन्। नेपालबाट दुबई उड्ने सबै पाहुनाहरुलाई चारतारे होटलमा बस्ने व्यवस्था मिलाइएको छ। सेभेन स्टार इभेन्ट कम्पनीसँग इभेन्ट सम्झौता, भिसा, हवाइ टिकट र कानुनी प्रक्रिया पुरा भैसकेको जनाइएको छ। दुवईमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीका राजन अधिकारीले तयारीबारे जानकारी दिएका हुन्।

nefta-film-award-dubai

१५ लाख दिराम खर्च लाग्ने बताइएको अवार्ड डिसेम्बर २३ अर्थात पुस ८ गते दुवईमा सम्पन्न हुनेछ। चारघन्टा चल्ने कार्यक्रम नेपाली समयअनुसार राती दुईबजेसम्म निरन्तर हुनेछ। नेपाली मात्र होइन, छिमेकी देशका डायस्पोरा समेत सहभागि हुने बताइएको छ। कतारबाट समेत नेपालीहरु नजिकैको देशमा हुने अवार्डमा जाने मनस्थिती बनाइरहेका छन्।

काठमाडौंमा भने, राष्ट्रिय नाचघरमा दर्जन कलाकारले नृत्य पूर्वाभ्यास गरिरहेका छन्। महानायक राजेश हमाल, छक्का पन्जा फिल्म टोली, पछिल्लो समयका तन्नेरी कलाकार नेफ्टा अवार्डमा सहभागि हुँदैछन्।

३१ विधामा हुने अवार्डका लागि २०७२ मा रिलिज भएका कूल ६७ फिल्मले भाग लियका छन् र उत्कृष्ट पाँच घोषित भैसकेको छ। यसपटकको अवार्ड यसकारण पनि महत्वपूर्ण छ। किन भने अवार्डको केही महिना अघि बाट युएईमा नियमित नेपाली फिल्मको रिलिज सुरु भएको छ।

नेफ्टा अध्यक्ष पुष्कर लामाले अन्तिम तयारीमा जुटिरहेको बताए। ‘नेफ्टा एकपछि अर्को ढंगले स्तरिय बन्दैछ र हामी प्रयत्नशिल छौं’ उनले भने, ‘दुबई क्वालिटी इभेन्टको एउटा उदाहरण हुनेछ।’ यसका लागि नेफ्टाले स्पेक्ट्रम एडभरटाइजिङ, कन्सेप्ट भिजन र सेभेन स्टारसँग हातेमालो गरिरहेको छ। यसै विच टिकट विक्री जारीरहेको र यसै साता सोल्डआउट हुने खबर स्थानीय आयोजकले दिएका छन्।

SUBSCRIBE 👉