जेठ अन्तिम साता अनलाइन फिल्मीखबर अवार्ड


filmykhabar-awardग्ल्यामर नेपाल, काठमाडौं । ‘अनलाइन फिल्मीखबर अवार्ड’को दोस्रो संस्करण जेठ २६ मा आयोजना हुने भएको छ। फिल्मीखबर डटकमको छैठौं वार्षिकोत्सवको अवसर पारेर आयोजना हुने अवार्ड राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा हुने भएको हो। अघिल्लो वर्ष १३ विधामा लोकप्रिय अवार्ड बाँडिएकोमा यो वर्ष चार विधा थपिने आयोजकले जनाएको छ। गीतकार, गायक, गायिका र कस्ट्युम डिजाइनर अवार्ड थपिएका हुन्। त्यस्तै, जुरी अवार्डलाई भने क्रिटिक्स अवार्डमा रुपान्तरण गरिएको छ।

फिल्मीखबरले लोकप्रिय फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संगीत, छायांकन, सम्पादक, नृत्य निर्देशक, द्धन्द्ध निर्देशक, नव निर्देशक, नव नायक, नव नायिका विधामा अवार्ड बाँडनेछ। अवार्ड समारोहमा आकर्षक प्रस्तुती पनि रहनेछन्। मनोनयनमा परेका फिल्म र फिल्मकर्मीको नाम केही दिनमै औपचारिक कार्यक्रम गरि सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

SUBSCRIBE 👉