सुमन श्रेष्ठको साथी/साथीकालागि बनाइएको म्युजिक भिडियो


पेशाले सिभिल इन्जिनियर रहेका सुमन श्रेष्ठ (संगम) पछिल्लो समय गायनमा सक्रिय छन्। उनका साथीहरु कोहि बैंकर्स त कोहि पत्रकार, कोहि व्यवसायी त कोहि प्राध्यापक लगाएत छन। उनले आफ्ना साथीहरुमा समर्पित गर्दै ‘हामी साथी साथी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

singer-suman-shrestha

गीतको भिडियोको धरानमा औपचारिक कार्यक्रमका विच विमोचन गरिएको थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका थिए।

गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोको गायक सुमनले नै निर्देशन गरेका हुन। ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

SUBSCRIBE 👉