आनन्द कार्कीको ‘सुनसान रात’ मा जवानीको फल्यास ब्याक !


केहि साता अघि मात्र चर्चित गायक आनन्द कार्कीले आफ्नो सोर्हौ एल्बम ‘लभ यू फरेभर’ बजारमा ल्याए। बिशेष गरि गजल गायनमा रुचाईएका गायक कार्कीको उक्त एल्बममा समाबेस गजल गीत ‘सुनसान रात’को भिडियो यतिबेला युट्युबमा सार्बजनिक भएको छ।

ananda-karki-music-video-photo

गीतमा आनन्दलाई गायिका संजीवनीले साथ् दिएकी छिन। गीतमा जवानीका माया प्रेमका कुरालाई बृद्ध अवस्थामा पुगेका दुई जोडीको फल्यास ब्याकलाई झल्काउन खोजिएको छ। दिपेन्द्र केसीको निर्देशनमा बनेको भिडियोमा अनिल थापा र प्रियंका एमभि को अभिनय छ।

शेर्पिनी कान्छीको शब्द रहेको गीतमा सिखर सन्तोसको संगीत छ। भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका हुन भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। आनन्द इन्टरटेनमेन्टले गीतको अडियो/भिडियो तयार गरेको हो, भिडियोलाई आनन्द कार्कीले आफ्नै युट्युब च्यानलबाट रिलीज गरेका हुन।

SUBSCRIBE 👉