पल शाह र पूजा शर्माको रोमान्स माघ महीनाबाट शुरू हुने


निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुनलागेको लभ स्टोरी फिल्म “म यस्तो गीत गाउँछु”को सुटिंग माघ २१ गतेबाट सुरु हुने भएको छ। फिल्म निर्माण यूनिटले सुटिंगका लागि सम्पूर्ण तयारी फाइनल गरिएको जानकारी दिएको छ।

paul-shaha-puja-sharma

यो फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको जोडीलाई पहिलो पटक पर्दामा उतार्न लागीएको छ। निर्देशक थापाले चलचित्रका मुख्य कलाकार र प्राविधिकलाई एकै ठाउँमा राखेर फिल्मको कथा र उनीहरुको भूमिकाको बारेमा जानकारी दिएका छन्।

नायक पल शाहले कथावस्तु सुनेर आफू उत्साहित भएको बताउँदै उनले भने–”मैले कथा त पढिसकेको थिए। तर, निर्देशकको मुखबाट सुन्दा झनै सुन्दर लाग्यो।” नायिका पूजा शर्माले पनि आफ्नो भूमिका च्यालेञ्जिङ भएपनि आफू तयार रहेको सुनाइन्।

ma-yest-geet-gauchhu-team

सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा सुदर्शनकै लेखन छ। सुदर्शन थापा नै निर्माता रहेको चलचित्रमा दिनेश न्यौपानेको पटकथा तथा संवाद रहने छ। फिल्ममा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

paul-shaha-puja-sharma-photo

विश्व गौतमको कस्ट्यूम डिजाइन रहने चलचित्रमा नविन पौडेल प्रोडक्शन डिजाइनर, नेपाल डायरिज प्राली ब्रान्ड म्यानेजरको रुपमा रहनेछन्। चलचित्रका मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुन् भने सहायक निर्देशक दिनेश खड्का हुन्।

फिल्ममा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ। निर्देशक थापाले चलचित्रको लागि आधा बर्ष लगाएर कथा बुनिएको बताउँदै उत्कृष्ट लोकेशनमा मन छुने प्रेम कथा बनाउने बताएका छन।

SUBSCRIBE 👉