हिरोइन वर्षा राउतको हिट फिल्ममा ‘ह्याट्रिक’, तर…


हिरोइन वर्षा राउतले हिट फिल्ममा ‘ह्याट्रिक’ गरिन्। नाईं नभन्नु ल ४ बाट सुरु भएको सफलता छक्का–पन्जा हुँदै जात्रासम्म आइपुगेको छ। मुनाफा कमाउने फिल्मको हाहाकार भएका बेला लगालग तीन फिल्मले मनग्ये पैसा बटुल्नु चानचुने कुरा होइन । तैपनि, वर्षाको मनमा खुसीको वर्षा हुन सकेको छैन।

Actress Barsha Raut

कारण, फिल्म त हिट भए तर जस उनको पोल्टामा परेन। जस्तो : नाईं नभन्नु ल ४ बाट अनुभव रेग्मी ‘हाइलाइट’ भए, छक्का–पन्जामा त दीपकराज गिरी, जितु नेपाल, बुद्धि तामाङजस्ता कमेडी कलाकारको जत्था नै थियो। अनि, जात्राबाट पनि अपेक्षाकृति प्रशंसा पाइनन्। विपिन कार्की र रवीन्द्र सिंह आकर्षणको केन्द्रमा रहे। तीनै फिल्ममा पुरुष चरित्रको दबदबा थियो अनि वर्षालाई ‘बाल’ देओस् पनि कसले ? अर्थात्, हात लाग्यो शून्य।
नेपाल साप्ताहिक बाट

बर्षा राउतको फोटो ग्यालरी हेर्नुहोस (ठुलो फोटो हेर्न सानो फोटोमा क्लिक गर्नुहोस)

SUBSCRIBE 👉