पुर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको जीवनी माथि चलचित्र बन्ने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र “रातो सुर्य” निर्माणको औपचारिक घोषणा गर्नुका साथै शुभमुहुर्त गरिएको छ। ओली कार्यक्रम हलमा प्रवेश गर्दै गरेको दृश्य रेकर्ड गर्दै चलचित्रको शुभारम्भ गरिएको थियो।
आफ्नो जीवनमा आधारित चलचित्र निर्माण गर्न लागिएकोमा ओलीले ख़ुशी ब्यक्त गरे। चलचित्रमा उनको बाल्यकाल देखी पारिवारीक र राजनैतिक जीवन समेटिनेछ। ओलीको बाल्यकाललाई झल्काउन बालकलाकार खोज्ने क्रमजारी छ भने युवावस्थाको अभिनय अनुपम शर्माले गर्नेछन्।
वन्डर्स मुभिज एण्ड क्रियटिभको प्रस्तुति चलचित्र “रातो सुर्य” लाई दिपेन्द्र प्रसाद दाहालले निर्देशन गर्नेछन्। कार्यक्रममा बोल्दै दिपेन्द्रले “रातो सुर्य” बनाउन पाउनु आफ्नो सौभाग्य भएको बताए। सम्पुर्ण नेपालीले भोगेको कथा-व्यथालाई चलचित्रमा सटिक रुपमा प्रस्तुत गरिने बताउँदै उनले ओलीको जीवनी यस चलचित्रकालागी उपयुक्त भएको पनि दाबी गरे।
चलचित्रमा हरिहर शर्मा, विश्व बस्नेत, सुरविर पण्डित, उत्तम के.सी, केशव भट्टराई, माटिका पहारी लगायतका कलाकारका साथमा अनुपम शर्मा, कृपा बज्राचार्य, निरञ्जन पौडेल, अञ्जु निरौला, सरोज गुरागाँइ, नीशा कार्कि, नविन लम्साल, विवेक रसाईली, सन्दिपश्रेष्ठ, पिटर प्रिन्स, जेम्स गिरी, न्यान्सी गेलाल, कृपा पोखरेल लगायत अधिकाशं नव कलाकारहरुको अभिनय रहनेछ। विरेन्द्र प्रसाद भट्टले खिच्ने चलचित्र “रातो सूर्य”मा सानु कुमार महर्जनको द्धन्द रहनेछ भने गोविन्द प्रभातको नृत्य निर्देशन गर्नेछन्।