अन्नपूर्णमा डी’ सेलिब्रिटी रनवे २०१६ । ४० कलाकारहरु सहित १० मोडलहरको क्याट-वाल्क


पुनम इन्टरटेनमेण्ट र अभिनेत्री गौरी मल्लको संयुक्त आयोजनामा राजधानीमा ‘डी’ सेलिब्रिटी रनवे २०१६’ (De’ Celebrity Runway 2016) हुने भएको छ। दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा आयोजना हुन लागेको यो रनवेमा नेपाली चलचित्र क्षेत्रका चालीस कलाकारहरु सहित दश जना मोडलहरुले क्याट वल्क गर्नेछन। पुष १४ गते (भोली) हुने यस रनवेमा नेपाली चलचित्र क्षेत्रका नयाँ तथा पुराना सबै कलाकारहरु एक ‍साथ देखिनेछन्, जुन सम्भवत पहिलोपटक हो।

Nepali Actress HD Photo

रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपक-दीपा, नजिर हुसेन, श्रृष्टी श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, बर्षा राउत, स्वेता खड्का, सञ्चिता लुईँटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायतका ४० जना चलचित्रका कलाकारहरु र १० जना नयाँ मोडलहरुको सहभागिता रहनेछ ।

यो कार्यक्रमलाई विश्वव्यापी फेशनमा चर्चित वर्ल्ड फेशन परेडले मान्यता दिँदै सहकार्य गरेको छ। रनवेमा भारतिय डिजाईनर विशाल कपूर लगायतले आफ्ना अलौकिक डिजाईनहरुको प्रस्तुती दिनेछन्।

SUBSCRIBE 👉