दयाहाङ र निश्चलको ‘कबड्डी’ले गर्‍यो कमाल


dayahang-and-nischal-basnet

Dayahang Rai and Nischal Basnet

ग्ल्यामर नेपाल, काठमाडौं । शुक्रबारबाट रिलिज भएको फिल्म ‘कबड्डी’ले आक्रामक ओपेनिङ गरेको छ। निर्माण पक्षले कलेक्सन सार्वजनिक नगरेपनि देशभरका हलमा ओरिएका दर्शकहरु फिल्मले निकै राम्रो ओपेनिङ गरेको अनुमान लगाउन सकिन्छ। शुक्रबारजस्तै आज पनि अधिकाशं हलहरु हाउसफुल भएका छन्। दर्शकको संख्या बढेपछि मल्टिप्लेक्सहरुले पनि शो थपेका छन् । एफक्युब सिनेमाको १४ मध्ये ८ शो पाएको र बिग मुभिजमा पनि आजबाट एक शो थपिएको वितरण कम्पनी पपकर्न पिक्चर्सका सिइओ प्रचण्डमान श्रेष्ठले फेसबुकमार्फत जानकारी दिएका छन्। जयनेपालले पनि शो थपेको छ । उनका अनुसार अन्य हलहरुले पनि भोलीबाट शो थप्ने तयारी गरेका छन्।

यसरी आक्रामक कलेक्सन गरिरहेको ‘कबड्डी’लाई देशकै प्रतिष्ठित हल गोपीकृष्णले भने ‘धोका’ दिएको छ। गोपीकृष्णले २ सय सिट क्षमता भएका २ हलमात्र उपलब्ध गराएपछि पपकर्नले शनिबार दोस्रोबाटै फिल्म उतारेको थियो। हलसम्म आएका दर्शकले टिकट नपाएर फर्कदा पनि शो नथपेकाले पपकर्नले फिल्म नचलाएको हो। गोपीकृष्णको यो रवैयालाई ‘दादागिरी’को रुपमा हेरिएको छ। तर घाटा निर्माण पक्षलाईभन्दा हललाई नै बढी पर्ने देखिएको छ किनभने गोपीकृष्णमा शो नभएपछि नजिकैको एफक्युबमा दर्शक ओरिएका छन्।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’मा दयाहाङ राई, निश्चल बस्नेत र रिस्ता बस्नेत केन्द्रीय भूमिकामा छन्। फिल्मको निर्माण पनि निश्चलले नै गरेका हुन्। निर्देशक गुरुङले केही जनजातीमा रहेको मामाचेला–फुपुचेलीको सम्बन्धलाई निकै कमेडीरुपमा प्रस्तुत गरेका छन्।

चलचित्र को आकर्षक पोस्टरहरु हेर्न यहाँ क्लिक गर्नुहोस !

SUBSCRIBE 👉