हलिउड फिल्मले दिपिकालाई बनायो नर्भस सँगसँगै एक्साइटेड


बलिउड नायिका दीपिका पादुकोण हलिउड फिल्ममा देखिँदै छिन्। भिन डिजेलको अपोजिटमा खेल्न पाएको ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’ को अनुभवले उनलाई नर्भस र एक्साइटेड सँगसँगै बनाएको रहेछ।

Deepika Padukone Hot

बलिउड अभिनेत्रीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ – ‘म वास्तवमै एक्साइटेड छु, यो फिल्म मेरो हलिउड डेब्यु हो। म एकदमै नर्भस र उत्तिकै एक्साइटेड पनि छु।’ उनी उक्त फिल्मका प्रोमोसनल इभेन्टहरूमा सहभागी हुन अमेरिकातिर उड्ने तरखरमा थिइन्। भनिन्, ‘प्रोमोसनको लागि हामी सुरुमा मेक्सिको जान्छौँ। तर, यो फिल्म पहिले भारतमै रिलिज हुन्छ। सुटिङ गर्दाताका नै मैले यो विषयमा फिल्म युनिटसँग कुरा गरेकी थिएँ। उनीहरूले मेरो सोचाइ मन पराएका छन्।’

बलिउड वा हलिउड जताको फिल्म खेले पनि आफू असल व्यक्ति र योग्य अभिनेत्रीमा चिनिन चाहेको उल्लेख गर्दै ३० वर्षेले थपिन्, ‘कन्टेटले गर्दा यो फिल्म दर्शकहरुले पन पराउने कुरामा म ढुक्क छु। यो फिल्म एक्सन र एडभेन्चर छ।’

SUBSCRIBE 👉