‘रातो नम्बर कल’ फेसबुक स्टाटस पछि प्रहरीमा गायिका प्राश्ना पाण्डे


पप गायिका प्राश्ना पाण्डेले आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्। रातो नम्वरबाट फोन आउँदा धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि उनि प्रहरीसम्म पुग्नु परेको छ।

Singer Prashna Pandey

उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् (अहिले डिलेट गरिसकिएको छ)। केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई सोधपुछका लागि बोलाएको हो।

सिआईबीकी प्रवक्ता एसपी मीरा चौधरीले गायिका पाण्डेलाई सोधपुछका लागि बोलाएको बताइन्। ‘हामीले उहाँलाई सोधपुछका लागि बोलाएका हौ, पक्राउ गरिएको होइन्,’ प्रवक्ता चौधरीले भनिन्, ‘यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं।’

SUBSCRIBE 👉